• २०८१ असार ९ गते शनिवार

कोरोनाको त्रासमा मुगुमा मष्टो नाच (फोटो फिचर)

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

श्रावण १९ मुगु । विश्व महमारीको रुपमा फैलिरहेको नोवेल कोरोनाको महामारीकै बीचमा पनि मुगुमा धार्मिक कार्यले निरन्तरता पाएका छन् । विश्वका चार धाम मध्ये छायाँनाथ धामको तिर्थयात्रा शुरु भएसंगै प्रत्येक बर्ष साउन शुक्ल पूर्णिमामा मुगुमा मेला लाग्ने गर्दछ । कर्णालीको कुल देवता मस्टो लगायत महादेवको साउन शुक्ल पुर्णीमामा (तिथ्या पुनि) अर्थात तिर्थ स्थल गहेर शुद्ध हुने पुर्णमाको अबसरमा धामिहरु नाच्ने प्रचलन रहेको छ ।

गएको मंगलबार बाट छायाँनाथ रारा नगरपालिका वडा नं २ चैना गाउँमा रहेको छायानाथको मुर्ती मुगुमकामारोगं गाउँपालिका वडा नं २ डोल्फुमा रहेको छायानाथ धाममा नुहाउन लगीए संगै छायाँनाथ तिर्थयात्रा शुरु भएको मानिन्छ । सोहि तिर्थयात्रको क्रममा मुगु लगायत जिल्ला बाहिरका धामिझाग्री दर्शन गर्न छायाँनाथ र ऋणिमोक्क्षमा पुग्ने गरेका छन । साउन शुक्ल अष्टमीका दिन देखि साउन शुल पुर्णिमा सम्म तिर्थ स्थल छायाँनाथ ,क्रण मोक्षमा जाने र पुर्णमाको दिन फर्किए र गाउँमा धामी नाच्ने चलन छ ।

जनैपूर्णीमामा छायानाथ धाम र क्रण मोक्षमा मेला लाग्ने गर्दछ भने ,पूजापाठ, होम व्रत हुने गर्दछ ,त्यहाँ बरदान माग्न धामिझाग्री शुद्ध हुन तीर्थालुको घुँईचो लाग्ने गरेको छ । यस बर्ष कोरानको कारण जिल्ला बाहिरका धामिझाग्री लाई प्रवेश निषेध गरीएको भएपनि मुगुका धामि झाग्री छायाँनाथ धाम र क्रण मोक्ष मा दर्शन गरी फर्किएका छन ।

विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथ धाममा पतन भएको हुँदा बर्षेनी छायानाथमा साउन शुक्ल अष्टमीको दिन देखि पुर्णीमा सम्म मेला लाग्ने र तीर्थालुहरू श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान माग्न ,धामि झागी शुद्ध हुन तथा बिदो माग्न छायाँनाथ धाम र क्रणमोक्ष जाने गरेका पुजारी भिमप्रसाद चौलाईले बताउनु भयो । तिर्थालु भक्त्तजन ,धामि झाग्री आज पुर्णमाको दिन फकिए पनि नुहाउन लगिएको छायाँनाथ र क्रणमोक्षको मुत्र्ति भने भोली परेउ पुर्णिमाको दिन फकिर्ने गर्दछन ।
तिर्थ धाम बाट फर्किए पछि गाउमा भएको धामि नाँचका तस्विरहरु :

प्रतिक्रिया दिनुहोस