श्रावण १९, बाँके । राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाय स्रोत नखुलेको रकम रु. ८,९८,०००।- सहित अख्तियारको नियन्त्रणमा परेका छन ।
उनिहरुले स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा.२ झ. १८७३ नं. को गाडीमा यात्रा गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिगएको टोलीले उनिहरुलाई स्रोत नखुलेको रु.३,४८,०००।- र बिभिन्न मितिको बैंक भौचर रु. ५,५०,०००।– गरी कुलजम्मा रु.८,९८,०००। (आठ लाख अन्ठानब्बे हजार) सहित सैनामैना नगरपालिका वडा नं. १० रुपन्देहीबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।