• २०८१ माघ ८ गते मङ्गलवार

प्रधानमन्त्रीद्धारा कोरोना सङ्क्रमण नियन्त्रणका लागि परामर्श

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १९ , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमण नियन्त्रणका लागि जनस्वास्थ्यविज्ञसँग परामर्श गर्दैछन् ।समूदायमा कोरोना संक्रमण फैलिएपछि रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यविज्ञहरूलाई बोलाएर छलफल गर्न लागिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार जनस्वास्थ्यका क्षेत्रमा कार्यरत विज्ञहरूलाई मंगलबार बिहान ११ बजे बालुवाटार बोलाइएको छ ।

कोरोना संक्रमण समूदायमा फैलिएपछि स्थानीय तहले आवागमन रोक्नेदेखि निषेधाज्ञा लगाउनेसम्म निर्णय लिन थालेका छन् । पछिल्लो समय एक नम्बर र दुई नम्बर प्रदेश उच्च जोखिममा रहेका छन् । वीरगञ्ज, विराटनगर महानगरपालिका जोखिम डरलाग्दो देखिएको छ । उपत्यका प्रवेश गर्ने नाकामा गरेको परीक्षण र नतिजाका आधारमा काठमाडौं, ललितपुर, भक्तपुर पनि जोखिममै रहेको विज्ञहरूले औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस