• २०८१ फाल्गुन ७ गते बुधवार

कोरोना संक्रमणको त्रास, सुनवल क्षेत्रका बजारमा सचेतना अभियान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १९ ,सुनवल । पश्चिम नवलपरासीको सुनवल क्षेत्रमा समुदाय स्तरमा कोरोनाको संक्रमणको त्रास देखिएपछि उद्योग वाणिज्य संघ सुनवलले सुनवल क्षेत्रका बजारमा सचेतना अभियान सञ्चालन गरेको छ ।

पछिल्लो समयमा लकडाउन खुकुल्लो भए संगै ब्यापार व्याबसायहरु खुल्न थालेको र बजार क्षेत्रमा भिडभाड संगै कोरोनाको संक्रमण पनि समुदाय स्तरमा देखिएपछि रोकथाम तथा नियन्त्रणका लागी व्यावसायीहरुको सटर सटरमा पुग्ने अभियान संचालन गरेको उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ ।संघले आज आइतबार सुरक्षाकर्मि पत्रकार सहित सुनवल क्षेत्रका व्यावसायीहरुको सटरमै पुगी मास्क र सेनेटाइजर लगाई सामाजिक दुरी कायम गर्दै ब्याबसाय संचालन गर्न अनुरोध पत्र सहित आग्रह गरेको छ । संघको टोलिले राजमार्गमा संचालन सवारी साधनलाई समेत मास्क र सेनेटाइजर प्रयोग गर्न आग्रह गर्दै प्रयोग नगरी सवारी साधनमा सवारहरुलाई मास्क समेत उपलब्ध गराएको थियो ।

यस्तै संघले शुक्रबार भुमहि क्षेत्रका बजारहरुमा क्षेत्रमा सचेतना अभियान संचालन गरिसकेको छ भने सुनवल क्षेत्रका अन्य ठाँउहरमा समेत निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस