श्रावण १९ , दाङ । दाङमा सक्कली प्रहरीको फन्दामा दुई जना नक्कली प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका –९ दक्षिण कर्मटुवा निवासी ३० वर्षको सुरोज नेपाली र सल्यानको दार्मागाउँपालिका ४ भलचौर निवासी ३० वर्षका गोपाल मल्ल रहेका छन् ।
पक्राउ परेका नेपालीले घोराहीको लुम्बीनी होटेल, मालिका भ्याली भ्यु होटेल र पाहुना गेष्ट हाउसमा गएर आफु प्रहरीको सई भएको र मल्लले असई भएको भन्दै होटल संचालकलाई दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।उनिहरुले होटेल संचालकलाई मासिक रुपमा पैसा बुझाउनु पर्ने भन्दै धम्की दिएको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनिहरुलाई १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।