• २०८१ पुष २९ गते सोमवार

विश्वमा कोरोना संक्रमित संख्या १ करोड ८२ लाख ३१ हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण १९ काठमाण्डौं । विश्वमा १ करोड ८२ लाख ३१ हजार ४६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । सोमबार बिहानसम्म १ करोड १४ लाख ४३ हजार ८१३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।

यस्तै एकै दिन ४ हजार ४०४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ९२ हजार ४२० पुगेको छ । कोरोना संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ७९४ जनाको मृत्यु भएको छ । २८ लाख ९८ हजार ४९७ जना संक्रमित भएकोमा १७ लाख ४८ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् ।उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २१ हजार ९०१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५६ लाख ५२ हजार १७३ पुगेको छ । त्यसमध्ये २९ लाख १४ हजार ९४८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९९ हजार ३२४ जनाको मृत्यु भएको छ । ४४ लाख ४९ हजार ९२९ जना संक्रमित भएकोमा ३२ लाख ९६ हजार ३९१ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४६ हजार ८०३ जनाको मृत्यु भएको छ । ४२ लाख ४४ हजार १८२ जना संक्रमित भएकोमा २८ लाख ५१ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २० हजार ३५० जनाको ज्यान गएको छ भने ९ लाख ६१ हजार ३८८ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख १५ हजार ३४४ जना संक्रमणमुक्त भएका छन् ।अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २३३ जनाको मृत्यु भएको छ । १९ हजार ७०९ जना संक्रमित भएकोमा १२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।त्यस्तै नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या १४ हजार ६ सय ३ जना रहेको छ भने मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ । त्यस्तै आज रेड जोनमा ३ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस