राम्रो हुँनेथ्यो जनता सँग न लुकाएको भए,
बिदेशीहरु को सामु सिर न झुकाएको भए।
हाम्रो देशको गरिमा मा आँच आउँदैन थ्यो,
वल्ड बैङ्कको रिण पहिले चुकाएको भए।
बिकास त अबस्य हुने थियो हाम्रो देशभित्र,
नदि र नालाहरु छिमेकले न सुकाएको भए।
क्रान्ति को बहाना मा ठुला ठुला शंघर्ष हुँदा,
झुठा नारा देश बिदेश मा न भुकाएको भए।
प्रथम पटकको जन आन्दोलन ले ल्याउँथ्यो,
उफानमा थियो जनसागर न रुकाएको भए।
सदियौँ गद्धारी गर्दै आए जनता सँग नेताले,
नयाँ जनवाद आउँथ्यो युवा फुकाएको भए।
देश भित्र आज नयाँ सुदिन आउँथ्यो जनता,
बिदेशी दलाललाई कलोमै न ढुकाएको भए।
०३-०८-२०२०