• २०८१ जेष्ठ १० गते बिहिवार

बाँकेको कोहलपुरमा बालकको हत्याको प्रयासमा एकजना पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

असार १९, बाँके । बाँकेमा शुक्रबार अपत्यारीलो घटना घटेको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ का एक बालकको घाँटी काटेर ह’त्या गर्ने प्रयास गरीरहेका एक युवालाई प्रहरीले प’क्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाका अनुसार राप्तिसोनारी गाँउपालिका वाड नं. ९ बस्ने ३४ वर्षिय बिजय चन्दले कोहलपुर वडा नं. १३ खड्कवार निवासी ७ वर्षिय बालक रोमित थारुको घाँटी रे’टेर ह’त्या गर्ने प्रयास गरेका हुन । बालक आफ्नो मामाको घरमा रोपाइँ गर्न गएका बेलामा चन्दले धा’रिलो ह’तियार हँ’सिया प्रयोग गरी घाँटीको पछाडी रे’टेर घाइते बनाएका थिए ।

घाइते बालकको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको र चन्दलाई प’क्राउ गरी अनुसन्धान गरिरहेको बाँके एसपी रानाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस