असार १९, काठमाडौ । तारकेश्वर नगरपालिका भित्र खेलकुद क्षेत्रको बिकास र बिस्तार गर्ने उद्देश्यसाथ तारकेश्वर नगर खेलकुद समिति गठन गरिएको छ । वडा नं ९ का वडा अध्यक्ष बलराम सिटौलाको अध्यक्षतामा ७ सदस्यीय नगर समिति गठन गरिएको हो ।
नगरसमितिको पदाधिकारीहरुमा उपाध्यक्ष माधव बद्री फुँयाल , सदस्य सचिवमा शिक्षा शाखाका अधिकृत पदम खत्री रहेका छन भने सदस्यहरुमा गौरी शंकर राणा , प्रमेश धिताल ,राजु के.सी , अनु अधिकारी छन । अनु अधिकारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अर्तगत करातेबाट गोल्ड मेडलिस्ट हुन ।
सामाजिक एकता र समृद्धिको आधार रहेको खेलकुद क्षेत्रको बहुआयामीक बिकासका निम्ति तारकेश्वर नगर खेलकुद समितिले भौगोलिक अवस्था हेरेर १ वडा १ खेल मौदान निर्माण गरि नगरभित्रका खेलकुद र खेलाडीहरुको लगत संकलन गरेर खेलकुद क्षेत्रलाई प्रभावकारी बनाउने अध्यक्ष बलराम सिटौलाले बताए । पछिल्लो समय तारकेश्वर खेलकुद हवका रुपमा चिनिन थालेको छ । एकपछि अर्को राष्ट्रिय स्तरका प्रतियोगितामा छनौट हुनका लागि युवा खेलाडी प्रोत्साहन ,अभ्यास , प्रशिक्षण जस्ता कार्यहरु अघि बढाउन नगर खेलकुद समितिको प्रयास रहने अध्यक्ष सिटौलाले बताए ।
सवैलाई एकताबद्ध बनाएर तारकेशवरको नाम राख्दै राम्रा खेलाडी उत्पादन गर्न समितिले महत्वपूण भुमिका खेल्ने खेलकुद समितिको अपेक्षा छ । पछिल्लो समय देभभरी नै युवाहरु विभिन्न कुलतमा फस्नेक्रम बढेको र पालिकाभित्रका युवाहरुलाई एकताबद्ध र अनुशासित बनाउन समितिले कदम चाल्ने विश्वास खेलकुद समितिको रहेको छ ।