• २०८१ माघ २६ गते शनिवार

भारी बर्षाका कारण कैलालीको भजनी र जोशीपुर डुबानमा

राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

असार १९, कैलाली । भारी बर्षाका कारण कैलालीका दुई स्थानीय तह डुवानमा परेका छन। कान्द्रा र काढा नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुर डुबानमा परेको हो ।

काढामा पानीको बहाव बढेपछि गाउँ पस्दा भजनी र जोशीपुर डुबान र कटान हुन थालेको स्थानीयवासी बताए। भजनी नगरपालिका २, ३, ६ र ८ नं वडाका सयौँ घर डुबानमा परेको बताइएको छ । काढा नदीमा पानीको बहाव बढेपछि पानी बस्तीमा पसेको हो । नदीमा पानीको बहाव बढ्दै गए यहाँ थप जोखिम बढ्नेछ ।

भजनी र जोशीपुरका सयौँ घरमा पानी पसेको छ । भजनीका छ परिवार विस्थापित भएर आफन्तकहाँ बसेको बताइएको छ । भजनी–जोशीपुर हुँदै बौनिया जोड्ने सडकसमेत डुबानमा परेको छ । सडकमा डेढ मिटर पानी पुगेको छ । सडक जलमग्न भएपछि आवतजावतमा समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस