असार १९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बितेको २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८२३ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १४३ पुगेको छ । अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४ जना, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ जना, बागमती प्रदेशमा ५ सय ७ जना, गण्डकी प्रदेशमा ११ सय १८ जना, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१ जना, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।
अनुसार मन्त्रालयका कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।