• २०८१ जेष्ठ १० गते बिहिवार

उपत्यकामा आज हुने कार्यक्रमहरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असार १९, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू यसप्रकार हरेका छन ।

१.राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पक्षमा ऐक्यवद्धता जनाउने ।
स्थान:-सुर्यविनायक चोक,भक्तपुर ।
समय:-८:०० बजे ।

२.नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको ९६ औं जन्म जयन्तीको अवसरमा बृहत् रक्तदान कार्यक्रम गर्ने ।
स्थान:-शान्तिवाटिका रत्नपार्क ।
समय:-८:०० बजे ।

३.नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र सयुक्त संघर्स समितिले भ्रष्टाचारको छानबिन तथा कार्बाही र अबैधानिक निर्वाचनको खारेजि लगायतको माग गर्दै गोकर्नेश्वर नगरपालिका र ६ नम्बर वडा कार्यालयमा ज्ञापन पत्र बुझाउने ।
स्थान:-गोकर्नेश्वर नगरपालिका र ६ नम्बर वडा कार्यालयमा ।
समय:-९:०० बजे ।

४.संघीय संसद,प्रतिनिधि सभा,अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-११:०० बजे ।

५.संघीय संसद,प्रतिनिधि सभा,विकास तथा प्रविधि समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-१२:०० बजे

६.प्रजातन्त्रवादी प्रध्यापक संघ नेपाल केन्द्रीय समितिले त्रिभुवन विश्वविद्यालयका उपकुलपति समक्ष प्राज्ञिक,शैक्षिक तथा प्रशासनिक माग सहित ज्ञापनपत्र बुझाउने ।
स्थान:-त्रिवि उपकुलपतिको कार्यालय,कीर्तिपुर ।
समय:-१२:१० बजे ।

७.संघीय संसद,प्रतिनिधि सभा,उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-१३:०० बजे ।

८.संघीय संसद,प्रतिनिधि सभा,कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-१३:०० बजे ।

९.राष्ट्रवादी नागरिक समाज नेपालले राजतन्त्र पुनर्वहालिका लागि,रुकुम हत्याकाण्डमा पिडितलाई न्यायका लागि र एमसीसी सम्झौताको विरोधमा नागरिक सभा कार्यक्रम गर्ने ।
स्थान:-शान्तिवाटिका,रत्नपार्क ।
समय:-१३:०० बजे ।

१०.सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल बागमति प्रदेश कमिटिले प्रदेश स्तरिय भेला कार्यक्रम गर्ने ।
स्थान:-KFC बालकुमारी,ललितपुर ।
समय:-१३:०० बजे ।

११.नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन लागू गर,पेशागत सुरक्षाको ग्यारेन्टी गर भन्ने माग राखि विरोध प्रदर्शन गर्ने ।
स्थान:-बबरमहल ।
समय:-१४:०० बजे ।

१२.Covid 19 Enough is Enough ग्रुपमा आबद्ध स्वतन्त्र युवाहरूले सतप्रतिशत पिसिआर,जवाफदेहिता र पार्दर्शिता सरकार आदि माग राखि सरकारको विरुद्धमा सांकेतिक रूपमा किताब पढेर धर्ना दिने ।
स्थान:-सल्लाघारी,भक्तपुर ।
समय:-१६:०० बजे ।

१३.नेपाल विद्यार्थी संघ काठमाडौ जिल्ला समितिले शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको ९६ औं जन्म जयन्तीको अवसरमा दिप प्रज्वलन कार्यक्रम गर्ने ।
स्थान:-पशुपति बहुमुखी क्याम्पस मित्रपार्क ।
समय:-१७:०० बजे ।

१४.मेची महाकाली बुहारी संयुक्त आवाजले हेटौडा महानगरपालिका की २३ बर्षीय सुस्मिता थापाको हत्यारालाई कारबाहीको माग र मृत आत्माको चिर शान्तिको कामना गर्दै शान्तिपुर्ण प्रदर्शन सहित दिप प्रज्वलन कार्यक्रम गर्ने ।
स्थान:-बसन्तपुर,काठमान्डौ ।
समय:-१७:०० बजे ।

१५.निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा सबै सरकारी कार्यालयहरूमा हाते प्रर्चा वितरण गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

१६.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान : देशभर ।
समय : नखुलेको ।

(१७) -कोरोन पिडित संयुक्त संघर्ष समितिले लकडाउन अवधिभरको घरभाडा,बैंक तथा वित्तीय संस्थाको ब्याज,विद्यालयको सुल्क छुट हुनुपर्ने,एमसीसी खारेजी लगायतको माग राखि शान्तिपुर्ण विरोध कार्यक्रम गर्ने ।
स्थान:-लगनखेल बसपार्क ।
समय:-१३:०० बजे ।

(१८)-Covid 19 Enough is Enough group मा आबद्ध स्वतन्त्र युवाहरूले कोभिड १९ को सबल व्यवस्थापन र नागरिहरूको जिवन रक्षाको लिखित प्रतिवद्धता नआएसम्म खवदारी कार्यक्रम गर्ने ।
स्थान:-धुम्वाराही चोक ।
समय:-१६:०० बजे देखि १८:०० बजे सम्म ।

प्रतिक्रिया दिनुहोस