• २०८१ माघ २६ गते शनिवार

बाँकेका बिभिन्न ठाउँबाट लागूऔषध ब्राउनसुगर र अबैध सुर्ती पक्राउ

एसपी रानाको कार्वाही सुरु
सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

असार १९, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार विभिन्न स्थानहरुबाट ला’गूपदार्थ ब्रा’उन सुगर को’रेक्स तथा अबैध सुर्तीसहित विभिन्न व्यक्तिहरु प’क्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाका अनुसार बुधबार दिउँसो नेपालगन्ज १५ जमुनाह नाकाबाट लुकिछिपी भारतबाट नेपाल पैदल आउँदै गर्दा शंका लागि चेकजाँच गर्दा भारत बहराइच जिल्ला रुपैडिहा थाना बस्ने भारतीय नागरिक २५ बर्षिय मुन्ताज अहमद सिद्दिकीलाई २५ पुडिया बनाईराखेको २३ ग्राम ब्रा’उन सुगरसहित प’क्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको छ ।

त्यस्तै, नेपालगन्ज १० ट्राफिकचोकमा चेकजाँच गर्ने क्रममा जमुनाह देखि नेपालगन्जतर्फ आउँदै गरेको भे३प ३४१२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा नेपालगन्ज ८ का २३ बर्षिय राजु राइ र नेपालगन्ज ११ का ३० बर्षिय अखिल अहमद जसगढको साथमा रहेको रातो प्लास्टिकको झोलामा लुकाई ल्याएको ११ सिसी ला’गूऔषध को’रेक्स ११०० एमएल बरामद गरी थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, डुडुवा गाउँपालिकाको बाटो हुँदै भन्सार चो’री पैठारीको सामान नेपाल भित्रीन लागेको भन्ने सुचनाका आधारमा कोहलपुर नगरपालिका ४ बस्ने बिक्रम भुषालले चलाई ल्याएको भे१च २६३५ नम्बरको गाडी चेकजाँच गर्दा भन्सार छली चो’री पैठारी गरि ल्याएको ९ बोरा अबैध सुपरपावर सु’र्ती बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद अबैध सु’र्ती, गाडी तथा चालक बिक्रम भुसाललाई आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको बाँके प्रहरी प्रमुख एसपी रानाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस