जेठ २१, दाङ । दाङमा बुधबार ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ घोराही देखि लमही तर्फ जादै गरेको भारतीय नम्बरको ट्रक दुर्घटनामा परेको हो । लमही घोराही सडकखण्ड अन्तर्गत मुसोट घुम्ती बाट खोलामा खसेर दुर्घटना भएको हो ।
ट्रक सडक बाट कम्तिमा ३ सय मिटर तल मुसोट खोलामा खसेको थियो । दुर्घटनामा परेको ट्रकले एउटा मोटरसाइकललाई समेत ठक्कर दिएको र मोटरसाइकल चालक समेत घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको नाम ठेगाना खुलेको छैन । त्यस्तै ट्रकका सहचालक पनि सम्पर्कमा नआएको दुर्घटना बेलुका तिर भएको दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले बताए ।
दुर्घटनामा परी ट्रक चालक भारतका बलदेब सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी चंन्दले जानकारी दिएका छन् ।