• २०८० फाल्गुन १० गते बिहिवार

निर्दोष बालबालिका माथीको अत्याचार

सुशिल बस्याल पढ्न लाग्ने समय : १ मिनेट

बालबालिकाहरु सडकमा सुत्नु परेको छ
टुहुरो बनी अर्काको घरमा काम गर्न परेको छ
अपहेलित भै काम गर्न बाध्य छन
त्यसैले निर्दोष बालबालिका माथी अत्याचार भएको छ।

पहुँचबाला जबर्जस्ती काममा लगाउँछन
काममा केही गल्ती भए सजाय दिलाउँछन
फकाई फकाई काम गराउछन।
त्यसैले निर्दोष बालवालिका माथी अत्याचार भएको छ।

शारीरिक याताना ,मानसिक तनाब सबै सहेका छन।
बालअधिकारको नियम सबै कागजमा सिमित रहेका छन।
बालबालिका सडकमै दिन बिताउन बाध्य छन।
त्यसैले निर्दोष बालबालिका माथी अत्याचार भएको छ।

मौन बस्न थाले संघ संगठन पनि
भन्न डराउछन कर्मचारी जबर्जस्ति गरेको देख्दा पनि
अन्याय अत्याचार सहन बाध्य छन ।
त्यसैले निर्दोष बालबालिका माथि अत्याचार भएको छ ।

बालअधिकार राजनैतिक बिषय भएको छ
सस्थाको काम कर्तव्य हात्ती देखाउने दात भएको छ
गरिबिले छट्पटीदा जे गर्न पनि तयार छन ।
त्यसैले निर्दोष बालअधिकार माथि अत्याचार भएको छ ।

सभ्य समाजको निर्माण गर्न प्रयास भएन
हिंसा अत्याचार शोषण कम हुन सकेन
बालबालिकाले टुहुरो उपनाम पाएका छन ।
त्यसैले निर्दोष बालबालिका माथी अत्याचार भएको छ ।

हेपिएर भाडा माझी बस्छन,दुख पाएर
गर्जो टार्ने गर्छन दिनदिन बस ठटाएर
निर्दोष हुदा पनि सजय भोग्या छन ।
त्यसैले निर्दोष बालबालिका माथी अत्याचार भएको छ ।

देशका धेरै ठाउमा बालमैत्री घोषणा भएको छ
सडक बालबालिका मुक्त देश बनाउने खबर आएको छ।
बालअधिकारको हनन भएको छ ।
त्यसैले निर्दोष बालबालिका माथी अत्याचार भएको छ।

बगनासकाली ८, पाल्पा

प्रतिक्रिया दिनुहोस