• २०८२ जेष्ठ २ गते बिहिवार

चन्द्रागिरी नगरपालिकालाई सांसद बिशङ्खेद्वारा स्वास्थ्य सामाग्री प्रदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २१, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी ९नेकपा०को केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद अन्जना बिशङ्खेले दक्षिणकाली नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ ।

चन्द्रागिरी नगरपालिकाको मेयर घन्यस्थाम गिरी, उपमेयर लिसा नकर्मी, नगरपालिका प्रवक्ता हरी भक्त मर्हजन लगायत जनप्रतिनिधी, स्वास्थ्य शाखाका प्रतिनिधीहरु, नेकपाका नगर कमिटीका अध्यक्ष, सचिव लगायतको उपस्थितिमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो । स्वास्थ्य सामाग्रीहरुमा माक्स, पिपिए सेट, चस्मा, सेनिटाईजर, एनएक्स माक्स र पञ्जा प्रदान गरिएको थियो ।

No description available.

स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा सांसद बिशङ्खेले चन्द्रागिरी एक स्थानिय निकाय मात्र नभई देश कैै नाका भएकाले समग्र स्थानको बारेमा चासो राख्नुपर्ने र अरु नगरपालिका भन्दा बढि जोखिममा रहने भएकाले काठमाडौ जिल्लाले बढि प्राथमिकता दिनुपर्ने बताउनु भयो । आफुले पुलका रुपमा मात्र काम गरेको बताउर्दै जिल्ला मार्फत मन्त्रालयको सहयोग नगरपालिकामा ल्याएको बताउनु भयो ।

कार्यक्रममा नगरपालिका तथा नाकाहरुका सामान थुप्रने तर काम गर्ने ठाउँमा सामान नपुग्ने समस्या नहोस भन्दैं स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु धेरै जोखिममा रहेन भएकाले सबै संयमित भएर रहन अनुरोध गर्नु भयो । जनप्रतिनिधीहरु पनि झन जोखिममा रहेको भन्दै उहाँले शान्ती सुरक्षा तथा स्वास्थ्य क्षेत्रको सबै संयोजन गर्नेकाम जनप्रतिनिधीको भएकाले जोखिम मोलेर जनताको काम गरेकोमा जनप्रतिनिधीलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस