• २०८१ साउन १ गते मङ्गलवार

कोरोनाबाट दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु थप कोरोना संक्रमितको संख्या २३००

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकन अनुसार कोरोना भाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो । यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमण पछि त्रिवि शिक्षण अस्पतालमा रिफर भएका उनको सो अस्पतालको आईसीयूमा उपचार भएकोमा बुधबार निधन भएको हो । य‍ो सँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । आज थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको ह‍ो ।

यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस