• २०८२ जेष्ठ २ गते बिहिवार

सहायक वन अधिकृत घुस रकम सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, ताप्लेजुङ । ताप्लेजुङ, डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत समेत २ जना रु. २,००,०००। रकमसहित अख्तियारले पकउ गरेको छ ।

डिभिजन वन कार्यालय, ताप्लेजुङमा कार्यरत सहायक वन अधिकृत जीवन कुमार यादव र सव डिभिजन वन कार्यालय फुङ्लिङ, ताप्लेजुङमा कार्यरत सहायक वन अधिकृत वीरेन्द्र प्रसाद साहले जडिबुटी निकासी छुटपूर्जी दिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले उनिहरुलाई रु. १-१ लाख गरी जम्मा रु. २,००,०००/-( (दुई लाख) घुस बापतको रकम बुझि लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनिहरुलाई उक्त रकमसहित डिभिजन वन कार्यालय, ताप्लेजुङ परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस