जेठ २१, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल नेपालमा पश्चिमी वायु, अरब सागरमा रहेको Deep Depression को आंशिक प्रभाव रहेको छ। जसका प्रभावले हाल देशैको सु.प प्रदेश र प्रदेश न. १ को पहाडी भू-भाग तथा अन्य प्रदेशमा सामान्य बदली र बाँकी भू-भाग समान्यतया मौसम सफा रहको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का भू-भागहरूमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आशिंक बदलि रहनेछ। प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देश भरि सामान्य बदली रहनेछ ।देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।