• २०८० फाल्गुन २१ गते सोमवार

नेपालगञ्जमा थप ६ मा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २१, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।

नेपालगञ्जका १६, २१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ । आजै मात्र नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयले दिएको थियो । योसहित संक्रमितको संख्या ७५ जना पुगेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस