• २०८१ बैशाख १३ गते बिहिवार

प्रदेशका ३ वटा प्रमुख सिमा नाकाहरुमा विशेष निगरानी गर्नुपर्नेमा एसएसपी केसीको जोड

सागर थापा/बिदुर एमसी पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २१, दाङ । पाँच नम्बर प्रदेशमा बिगत १६ महिना सम्म एसएसपिको जिम्मेवारी सम्हालेका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले अब सरुवा भएर प्रदेश नम्बर ४ मा जाने भएका छन् । साेही प्रदेशको राजधानी सुन्दर पर्यटकीय नगरी पाेखरामा रहेको कार्यालयमा उनलेे त्यहाँ आफ्नो जिम्मेवारी सम्हालेर नागरिकहरुको सुरक्षा प्रदान गर्नेछन् ।

उनी सरुवा भएर जान लागेको खवर पाएर एबिसी सञ्चारकर्मिहरु केसीकाे प्रदेश ५ स्थित सरकारी निवास दाङको तुलसीपुरमा भेटघाटमा पत्रकारहरुले राखेका जिज्ञासाहरुकाे जवाफ दिएका थिए । प्रदेश ५ भारतशीत सिमा जोडिएको हुनाले विशेष ध्यान दिनुपर्नेमा उनको सुझाव थियो । बाकेकाे नेपालगञ्ज, कपिलवस्तुकाे कृष्णनगर र रुपन्देहीको भैरहवाजस्ता सिमा क्षेत्रमा प्रशासन र नागरिकका तर्फबाट उच्च सतर्कता अपनाएर काम गर्न पनि उपरीक्षक केसीले जोड दिएका छन् । नियम कानून र पदीय सान सौकातभन्दा पनि आइपरेका बेलामा नागरिकहरुकाे सेवा र सुरक्षाका लागि व्यवहारिक हिसावले काम गर्नसक्ने प्रहरी वरिष्ठ उपरीक्षक केसीको विशेषता नै भन्नुपर्छ ।यश प्रदेश ५, तराई र पहाड गरि भौगोलिक रूपमा लिदै त्यसका लागि छुट्टाछुट्टै अपराध तथा प्रकाेप व्यवस्थापन पनि फरक रुपले गर्नुपर्नेमा एस एस पि नरबहादुर केसीको सुझाव थियो ।

लक डाउनका बेलामा पनि प्रदेशमा रहेका विभिन्न नाकाहरु हुदै भारतबाट असङ्ख्य मानिसहरु नेपाल भित्रिएकाले सरकारका सबै तहको एकापसमा समन्वय र व्यवस्थापनले यसलाई पूर्ण नियन्त्रणमा राख्न सम्भव भएकोमा उनले खुशी व्यक्त गरे ।अहिलेसम्म प्रदेशमा कोरोना सङ्क्रमित नदेखिएको र केही दिन यता आएर सङ्क्रमित बिरामी देखिनुले स्थिति अरु भयावह हुन नदिनका लागि समाजका सबै पक्षहरुलाई यसतर्फ गम्भीर भएर लाग्न पनि एस एस पि केसीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस