• २०८० असोज ११ गते बिहिवार

प्रहरी नायव महानिरीक्षक पोखरेलद्धारा बृद्धाश्रमलाई खाद्य सामाग्री प्रदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २१, काठमाडौं । गोङ्गबुमा रहेको हिमालय बृद्धाश्रम परिवारमा रहेका ३५ जनालाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामाग्री वितरण गर्नु भएकेभएको ।

कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लकडाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको यस बिषम् परिस्थितिमा महानगरीय प्रहरी कार्यालयको बिशेष पहल एवं बिभिन्न बैंकहरुसंगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण अभियान चलाईरहेको छ । यसै अन्तर्गत आज गोङ्गबुमा रहेको हिमालय बृद्धाश्रम परिवार मा रहेका ३५ जनालाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामाग्री वितरण गर्नु भएको हो ।

मुलुक लकडाउनको यस बिषम परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु चोरी, डकैति, हत्या, हिंसा,ठगी रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको उद्देश्यले यस अभियानलाई लक डाउन अवधिभर विहान ९ बजे देखि साझँ ६ बजे सम्म निरन्तर संचालन गरिने समेत महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बताउनु भयो ।

साथै यस अवधिभर उपत्यकामा अवस्थित कोहि कसैले खाद्य सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा फोन गरी आफ्नो गुनासो टिपाउनु हुन समेत प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस