राणा शासकको अत्याचारले पुनः राजालाइ नै देउता सरह मानियो, पछि जनताले राजासहितको प्रजातन्त्र रोजे, बिस्तारै राजाको अधिकार कटौती भयो , विभिन्न परिस्थिती र जनताको आबस्यकतानुसार ब्यबस्था फेरिदै गयो, गणतन्त्र आयो तर जनताको अबस्था फेरिएन, न राजनेताहरुले जनताको वास्तविक धरातल बुझे न बिद्दान जनताले आफ्नो बिद्दताको सहि प्रयोग गरे न त गरीब जनताको दैनन्दिनिमा परिवर्तनका रेखाहरु कोरिए, जीवनमा परिवर्तन त तिनले गरे जो दलिय मुकुन्डो पहिरिएर फोहोर र भ्रस्टाचारको आहालमा डुबेका नेता जेल परेर बाहिर निस्किदा तीस के जि को माला पहिर्याउने शाहसिलो काम गर्न पनि पछि परेनन । अहिले हेर्नुहोस त, यी जनताको जीवनचर्या ।
सरकार काम गर्न त खोज्छ तर कहि न कहि बिचौलियाको चङुलमा परिहाल्छ अनि बारुलाहरु बेलघारी घेर्न थालिहाल्छन, बिरोधीको मानसिकता यस्तो भैदियो कि बिकासको चुलिको चर्चा गर्न यिनलाइ लाज लाग्छ, तर कमिलाले जग भत्कायो भने मन्डला घेर्न जान्छन र सामाजिक सन्जाल कु तार्किक शब्दावलिले रङाइदिन्छन ।
यता सरकारको कुरा गर्दा प्रधानमन्त्रीका वरिपरि बस्ने सल्लाहकारहरु बौद्दिक बर्ग हुने हो भने सायद केही गलत निर्णयहरु हुदैनथ्यो होला । सरकारका मन्त्रीहरु सम्बन्धित मन्त्रालयको कमसेकम बिज्ञ भइदिएको भए सायद कुनै निर्णयमा बिचौलियाको भरपर्नुपर्ने बाध्यता पर्दैनथ्योहोला । त्यसैले राजनीति गर्दै गर्दा सरकारको नेतृत्व लिने नेताहरुले आसेपासे हेर्न थाल्ने हो भने न भ्रस्टाचार रोकिन्छ न त दुराचार नै ।
तसर्थ अहिले सरकारले नखुलेको पेट्रोल पम्पमा पेट्रोल मट्टितेलको भाउ घटाउनु भन्दा नि जनताको लागि दैनिक अत्याबस्यक सेवा सुबिधा जस्तै ग्यास, रासन पानीलगायत अहिलेको अति सम्बेदनसिल स्वास्थ्य क्षेत्रमा नितान्त ध्यान दिन जरुरी छ । अन्यथा मजदुरहरुको जिन्दगी सधै सघर्षको मैदानमा बहकिरहन्छ, अनि घरभरी जहान परिवार हुदा पनि घरले जा जा, बनले आइज आइज भन्ने बेलामा देबघाटको बाँस ।
यो कतिको जायज र यसमा जीवनको वास्तविकता कति लुकेर बसेको छ त नेपाली जनहरुमा । यी त बिगत र बर्तमानले बताइराखेको छ र भविस्यमा सरकारले यी उजाड बस्तिहरुमा बहकिरहेका जनहरुको वास्तविक धरातल बुझ्ने कोसिस गरोस ता कि कोहि ब्यक्तिहरुलाइ स्वास्थ्यको प्रतिकुलताले धनको अभावमा अस्पत्तालको सिढीमा आफन्तको टाउकोमा पीडाको भारी बोकाइ मृत्युलाइ कुर्न नपरोस । यो कोरोनाबाट चाडै मुक्ती पाइयोस , सबै सचेत भै घरभित्रै बसि स्वास्थ्यकर्मि र सरकारलाइ सहयोग गर्नुहोला ।