• २०८२ बैशाख ४ गते बिहिवार

कोरोनाका कारण कार्यक्रम स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, नेपालगञ्ज । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको जोखिम विरुद्ध सावधानी अपनाउदै नेपालगञ्ज उप–महानगरपालिकामा पुर्व निर्धारित केही कार्यक्रम हाललाई स्थगित गरेको छ ।

उप–महानगरपालिकाको आयोजनामा फागुन २० गतेदेखि सुरु हुने तय भएको किशोरी तथा महिलाका लागि आत्म सुरक्षा सम्बन्धि तालिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको महिला विकास अधिकृत मञ्जु पाण्डेले जानकारी दिनुभयो । कार्यक्रम स्थगित भएपनि फर्म दर्ता भने जारि नै रहने भएको छ । नेपालगञ्ज उप–महानगरपालिाकाका उपप्रमुख उमा थापा मगरको विशेष उपस्थितीमा सोमबार भएको लैंगिक हिंसा निगरानी संजाल बाँकेको बैठकले ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउनेक्रममा कोरोना भाईरसको जोखिमबाट सुरक्षित हुनलाई पुर्व निर्धारित कार्यक्रमहरु सुरक्षित तवरले सांलन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस