• २०८१ चैत्र ३ गते सोमवार

सि.टि.ई.भि.टि.द्वारा सञ्चालित ३ महिने तालिम आतबार देखि सुनवलमा शुरु

पढ्न लाग्ने समय : १ मिनेट
  • विमल भट्टराई/ईन्दिरा विश्वकर्मा,

माघ २०, सुनवल । राष्ट्रिय शिप परिक्षण समिती सि.टि.ई.भि.टि. द्वारा सञ्चालित सामुदायिक कृषि सहायक (सि.ए.ए.) ३ महिने तालिम पश्चिम नवलपरासीको सुनवलमा शुरु भएको छ ।

ब्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना (ईभेन्ट–२)को सहयोगमा नतिजामा आधारित एक तह सम्बन्धी निशुल्क सामुदायिक कृषि सहायक (सि.ए.ए.) ३ महिने तालिम आईतबार देखि शुरु भएको हो ।

सुनवल नगरस्तरिय पशुपंक्षि विकास समुह अध्यक्ष विमल ढकालको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नं ५ का वडा अध्यक्ष थमन सिंह नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण कृषि तालिम प्रमुख प्रशिक्षक काशिराम अधिकारी, भिमसेन गौतम, गंगा सागर मुराबले गर्नुभएको थियो ।


सुनवल नगरस्तरिय पशुपंक्षि विकास समुहका सचिव अशोक डालामगरले संचालन गर्नुभएको कार्यक्रममा ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तोयनाथ गौतमको स्वागत मन्तब्य , सुनवल नगरपालिका कृषि शाखा प्रमुख सन्तोष कंडेल, ,श्रमजीवी कृषक समुहका अध्यक्ष भानुभक्त गौतम ,बालमैत्री संयोजक वडा नं ५ पार्वती काकीर्,वडा नं ५ का कृषक एंवम् समाजसेवी मान बहादुर न्यौपाने, डुण्डपानि गौतम लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता गोविन्द अधिकारी, पत्रकार विमल भट्टराई लगाएत माघ १६ गते भएको अन्र्तवातामा छनोट भएका २० जना प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस