मंसिर १७, मुगु । मुगुमा ईन्सेकद्धारा गठित मानबअधिकार सहायता केन्द्रले बलात्कृत एक युवती लाई आर्थिक सहयोग गरेको छ । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाँउपालिका—५ का जनप्रतिनधी र करानी सामुदायिक बिकास केन्द्रका सचिब उर्गिन नण्डुल लामाको रोहबरमा ११ मंसिरमा नगद १० हजार आर्थिक सहयोग गरिएको हो । अशक्त अपाङ्ग भएकै कारण बलात्कृत एक महिलालाई कानुनी सहायताको लागी आर्थिक सहयोग गरिएको छ ।
०७७ असोज २३ गते घरमा कोही नभएको समयमा बलात्कृत भएकि २४ बर्षिया एक महिलाको आर्थिक अबस्था न्युन भएकाले उनको कानुनी सहायताको लागी अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक द्धारा गठित मानबअधिकार सहायता कक्षले पिडितको आमालाई स्थानिय जनप्रतिनधीको रोहबरमा नगद १० हजार सहयोग गरिएको ईन्सेक मुगुले जनाएको छ ।
पिडितका आमाले औनपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकमा दिएको निबेदन अनुसार ईन्सेकद्धारा गठित मानबअधिकार सहायता केन्द्रले पिडित महिलालाई कानुनी सहायताकालागी नगद १० हजार दिने निर्णय भएपछी ईन्सेक जिल्ला प्रतिनधीले पिडितका आमा मार्फत सो रकम आर्थिक सहयोग गरिएको ईन्सेक जिल्ला प्रतिनधी जीवन सेजुवालले बताए ।
असोज २३ गते घरमा कोही नभएका समयमा जन्मजात अशक्त अपाङ्ग २४ बर्षिया ति महिलालाई छाँयानाथा रारा नगरपालिका—१२ का ३० बर्षिय जङ्गबहादुर बिकले बलत्कार गरेको आरोपमा उनका घरपरिवारले सोही दिन प्रहरी चौकि पुलमा उजुरी दर्ता गराएका थिए । आरोपित बिकलाई उनकै घरबाट असोज २५ गते गिरप्तार गरी कार्तिक २० गते जिल्ला अदालतले पुर्पक्षकालागी थुनामा राख्ने आदेश दिएको छ ।