• २०८० चैत्र १५ गते बिहिवार

अध्यक्ष प्रचण्डलाई उपप्रम पोखरेलद्वारा कडा काउन्टरस् ‘स्वार्थका कारण पार्टीमा दुर्भाग्य’

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक १७, काठमाडौँ। पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र गुट र उपगुटका कारण एकता नै भंग हुने अवस्था सिर्जना भइरहेको समयमा उपप्रधानमन्त्री इश्वर पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई कडा रुपमा प्रतिवाद गर्नुभएको छ ।

स्थायी कमिटीका सदस्य समेत रहनुभएका उप्रधानमन्त्री पोखरेलले अध्यक्ष प्रचण्ड तत्कालिन माओवादी केन्द्रलाई लक्षीत गर्दै पार्टी एकताको समयमा गरिएको सहमतिलाई लत्याउँदै पूर्व समुहभित्रको गुटगत अवद्धतालाई समाएर समिकरणको खेल खेल्न खोज्दा पार्टी विभाजको दुर्भाग्य निम्तिन लागेको उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले खुमलटारमा गुटको भेला गरी प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एक भएर जान नसकिने भनि विश्लेषण गर्नुभएको थियो । त्यस्तै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव लानुपर्नेमा जोड दिनुभएको थियो ।

सोही प्रशंगलाई लक्षीत गर्दै उपप्रधानमन्त्री पोखरेलले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘जेसुकै होस् – पार्टी एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको गुटगत आवद्धतालाई समाएर समिकरणको खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो । त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूसित असहमति जनाउँदै पार्टी एकतालाई बचाऔं ! अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँगको भेटमा आफुलाई प्रधानमन्त्रीको पद दिन समेत दवाप दिनुभएको स्रोतले जनाएको छ । जवाफमा प्रधानमन्त्री ओलीले अबका दिनमा पार्टीमा सहकार्य गरेर जान कठिन भएको समेत संकेत गर्नुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस