कात्तिक १७, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले पुनरागमन खेलमा दोहोरो गोल गरेपछि इटाली सिरी ए मा जुभेन्ट्सले स्पेजियामाथि जित हात पारेको छ । कोभिड–१९ बाट सङ्क्रमित भई करिब तीन साता होम आइसोलेशन बसेका ३५ वर्षीय रोनाल्डो दोस्रो हाफमा दुई गोल गरेका हुन ।
अल्भारो मोराटाले खेलको १४ औं मिनेटमा पहिलो गोल गर्दै जुभेन्ट्सलाई १–० को अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा स्पेजियाका लागि टोमासो पोबेगाले गोल फर्काउँदै खेल बराबरीमा ल्याए । पहिलो हाफसम्म १–१ को बराबरी रहेको खेलको दोस्रो हाफमा रोनाल्डाले दुई गोल गरे । उनले ५९ औं र ७६ औं मिनेटमा पाएको पेनाल्टीको अवसर गोलमा परिणत गरे । ६७ औं मिनेटमा राबिओटले तेस्रो गोल गर्दै अन्तरलाई ३–१ पारे ।