• २०८१ मङ्सिर २२ गते शनिवार

थुर्पा प्रवासी कोर्चवाङ समूह दोहा कतार द्धारा आर्थिक सहयोग

कैलास घर्ती मगर पढ्न लाग्ने समय : २ मिनेट
असोज १५, रोल्पा । कलेजोमको क्यान्सर रोगका कारण मृत्यु भएका कर्ण बहादुर बाठा मगरको परिवारलाई थुर्पा प्रवासी कोर्चवाङ समूह दोहा कतारले आर्थिक सहयोग गरेको छ ।
थुर्पा प्रवासी समुहले संकलन गरेको नगद पचास हजार रकम बिहीवार हस्तान्तरण गरिएको हो । सहयोग रकम पीडित परिवारलाई समुहका संस्थापक माडी गाउँपालिका ६ का सदस्य अध्यक्ष कविराम घर्ती मगर तथा सदस्य सहितको टोलिले घरमै पुगेर मृतकका श्रीमती र दुई छोरा लाई प्रदान गरेको हो । रकम बुझ्दै परिवारले संस्थाका अध्यक्ष तिलक घर्ती मगर तथा सम्पुर्ण कार्य समिति लगायत सहयोगी मनहरु लाई धन्यवाद व्यक्त गरेका छन । आफ्नो श्रीमान तथा वुवाको उपचारमा धेरै खर्च र ऋण लागेको र यो सहयोगले आफुहरुलाइ धेरै राहत भएको बताएका छन ।
रकम हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष कवि राम घर्ती मगरले आफुले सुरुवात गरेको संस्थाले यति ठुलो पुन्य काम गरेको र जस्मा आफू लगायत संस्थापक सदस्यहरु जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । यो रकमले पुर्ण रुपमा ऋण तिर्न नसके पनि घाउमा मल्हम हुन सक्ने बताउनुभयो । साथै हालका अध्यक्ष तिलक पुन लगायत सम्पुर्ण कार्य समितिलाई धन्यवाद दिनुभएको छ । कार्यक्रममा थुर्पा प्रवासी कोर्चवाङ समूह दोहा कतारका संस्थापक अध्यक्ष घर्ती संगै थुर्पा डट अन्लाईन टि भिका संचालक तथा संस्थापक महासचिव कैलास घर्ति मगर सचीव प्रदिप पुन कोषाध्यक्ष इन्द्रकुमार घर्ती मगर, सदस्य नन्दबहादुर पुन, निवर्तमान सचीव नगेन्द्र घर्ती र सदस्य पृथी प्रसाद पुन लगायतको टोलि पुगेको हो ।
गत चैत ११ गते टिचिङ हस्पिटल महाराजगन्जमा क्यांसर उपचारका क्रममा मृत्यु भएको थियो । उपचार गर्दै गरेका बाठालाई उपचार सहयोग गर्न थुर्पा प्रवासी कोर्चवाङ समूह दोहा कतारले आर्थिक संकलन संचालन गर्दै गर्दा मृत्यु भए पछि आर्थिक संकलन बन्द गरिएको थियो । संकलित सहयोग रकम कोरोना भाइरसका कारण नेपाल पठाउन समस्याका कारण सहयोग ढिलो आइपुगेको संस्थापक अध्यक्ष घर्तिले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस