असोज १६, काठमाडौँ । भारतमा शुक्रबार ८१ हजार ६९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६३ लाख ९१ हजार ९६० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५३ लाख ४८ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४३ हजार ५०३ जनाको उपचार भइरहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९९ हजार नाघेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा शुक्रबार विहान सम्म मृतक संख्या ९९ हजार ८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।