• २०८१ मङ्सिर २४ गते सोमवार

देशभर १८ सय ५० प्रहरीमा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १७ , काठमाडौँ । देशभर १८ सय ५० जनामा नेपाल प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरीमा ७९ हजारको दरबन्दी कायम भए पनि ६८ हजारको हाराहारीमा मात्रै कार्यरत छन् । जसमध्ये १८ सय ५० जनामा कोरोना देखिएको छ ।

यो कुल कायम दरबन्दीको २ दशमलव ७२ प्रतिशत हुन आउँछ । ७७७ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १०१ र काठमाडौं उपत्यकाका ४२८ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १९६, प्रदेश २ मा ११४, वाग्मती प्रदेशमा ५१, गण्डकीमा ६७, प्रदेश ५ मा ८१, कर्णाली प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा १५ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस