• २०८२ जेष्ठ २ गते बिहिवार

नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, कास्की । कास्कीमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका ३० सहिदचोकस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब २२ वर्षीय पुरुषको नम्बर नखुलेकै सवारीसाधनको ठक्करबाट मृत्यु भएको हो ।

ठक्करबाट सख्त घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।फरार रहेका चालकको खोजी भईरहेको र घटनाको अनुसन्धानका क्रममा एक ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस