• २०८१ माघ २ गते बुधवार

चन्दा माग्ने विप्लवका दुई कार्यकर्ता पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, सल्यान । जनप्रतिनिधि तथा व्यापारीसँग चन्दा मागेर आतंकित तुल्याउने विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्ता सल्यानमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लवका भेरी कर्णाली व्यूरो सदस्य तथा सुर्खेत जिल्लाको चिङगाड गाउँपालिका वडा नं। २ निवासी ५० वर्षीय महेश भनिने आइते विक र सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. २ निवासी ४२ वर्षीय तिलकबहादुर वली रहेका छन् ।

उनका अनुसार जनप्रतिनिधि र स्थानीय व्यापारीलाई चन्दा मागेर अशान्ति मच्चाएको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको र प्रहरी कर्मचारी पुगेर सोधपुछ गर्न खोज्दा उनीहरुले उल्टै प्रहरी कर्मचारीमाथि दुव्र्यवहार गरेको बताईएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको तथा आवश्यक कानुनी कारवाहीका लागि प्रक्रिया सुरू भइसकेको डिएसपी खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस