श्रावण १८, रोल्पा । विरभान वुढा बचाउ अभियान सहयोग हस्तान्तरण कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितीको हलमा कार्यक्रम सम्पन्न भएको हो । १ लाख ७५ हजार ४ सय ६० जम्मा भएको रकम जसमा ५८ हजार ५ सय ४ खर्च भएको थियो ।
खर्च कटायर १ लाख १६ हजार ९ सय ५६ रुपैया बुझाइएको हो । वुढा रोल्पा नगरपालिका ९ ह्वामाका स्थानिय हुन । ५८ वर्षिय बुढा जण्डिस र कलेजो क्यान्सर बाट पिडित रहेका छन । नेपाल गंन्ज बाट रिफर गरि उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । स्थानिय समाज सेवि गायक इन्द्र पाखे मगरको पहलमा रकम संकलन गरिएको हो । रकम हस्तान्तरण र्काक्रमको अध्यक्ष विनायक वुढा रहनु भएको थियो । कार्यक्रमको प्रमुख अतिथीमा रोल्पा नगरपालिकाका मेयर पुर्ण केसी रहनु भएको थियो ।
कार्यक्रममा रोल्पा नगरपालिका ९ का वडा अध्यक्ष मिमबहादुर घर्ति, पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, प्रथम कार्यकाल अध्यक्ष मानसिङ विक, सस्थापक अध्यक्ष काँशीराम डागी लगाएत जिल्लामा कृयाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख केसीले समाज सेविको काम बाट विरामिमा आत्म विश्वास वढेको भन्दै विरामीको स्वास्थ्य लापको कामना समेत गर्दै त्यस प्रकारका क्यान्सर पिडितहरुले रोल्पा नगरपालिकामा सम्पर्क गरे केही छुट हुने समेत उहाको भनाइ छ ।
सरकारले २ लाखसम्म सहयोग गर्ने उहाको भनाई छ । सहयोग रकम छोरी दिलकुमारी वुढाले बुझ्नु भएको हो । घरमा आर्थिक अवस्था कमजोर भएकाले अभियान चलाइएको अभियान्ता पाखेमगरले जानकारी दिनु भएको छ ।