• २०८१ माघ ११ गते शुक्रवार

नेपालको उत्कृष्ट बैंक घोषित नबिल बैंक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १८ ,काठमाडौँ । बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको छ । समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतआधामानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ ।

नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्याँकन गरि उत्कृष्ठ ठहरिँदै यूरोमनीले पुरस्कृत गरेको हो ।यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ ।नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस