साउन१८,सुर्खेत। प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषदको बैठकले बाढी पहिरोलगायतका विपदमा परेकाको परिवारका लागि तीन महिना खान पुग्ने खाद्यान्न उपलब्ध गराउने निर्णाय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिइन्।
प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएको परिवारलाई आवास निर्माणका लागि राहतस्वरुप प्रति परिवार एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय पनि गरेको छ ।विपद पीडित परिवारका लागि कर्णाली प्रदेश सरकारले तीन महिना खाद्यान्न उपलब्ध गराउने भएको छ । विपदमा परी ज्यान गुमाउने नागरिकका लागि २ लाख रुपैयाँको बिमा गरिसकेको छ ।