• २०८१ जेष्ठ ३१ गते बिहिवार

कैलालीमा नदी कटान र डुबानको समस्या बढ्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, कैलाली । चुरे क्षेत्रबाट निस्किने नदी तथा खोलामा वर्षेनी आउने भेलले लेदो माटो ढुङ्गा, बालुवा बगाएर ल्याएसँगै नदी तथा खोलाको सतह बढ्दा बाढी र डुबानको समस्या पनि बढ्दै गएको प्राविधिकको भनाइ छ । नेपाल–भारत सीमावर्ती क्षेत्र हुँदै पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदीको कटानको समस्या पनि छ ।

जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयको अध्ययनअनुसार मोहना, कान्द्रा, पथरैया, काँडा, खुटिया, गौरीगङ्गालगायत ठूला नदीमा कटान र डुबानको समस्या बढ्दै गएको छ। कञ्चनपुरको महाकाली र दोदा, कैलालीको, खुटिया र मोहना नदीमा तटबन्धनको काम गर्ने जिम्मा कञ्चनपुरमा रहेको जनताको तटबन्धन कार्यालयलाई छ । जनताको तटबन्धन कार्यालयमार्फत् चालू वर्षमा मोहना र खुटिया नदीमा नियन्त्रण सम्बन्धी काम हुन लागेको जनाइएको छ ।

जिल्लाको पूर्वी क्षेत्रमा कर्णाली नदी मुहान भएको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना निर्माणाधीन छ । सो आयोजनाअन्तर्गत सिञ्चित क्षेत्रको बचावटका लागि कर्णाली नदीसहित पथरैया र मोहनाका कतिपय भागमा भने तटबन्धनको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस