• २०८१ जेष्ठ ३१ गते बिहिवार

उत्तर प्रदेशकी शिक्षामन्त्रीको कोरोना सङ्क्रमणबाट मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८,एजेन्सी । गएको ३ गते कोरोना पोजेटिभ देखिएपछि लखनउको एसजीपीजी अस्पतालमा भर्ना गरिएकी ६२ वर्षकी उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको आज बिहान मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै ज्यान गुमाउनेको सङ्ख्या ३७ हजार नाघेको छ ।

योसँगै भारतमा कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको सङ्ख्या साढे १७ लाख नाघेको छ । यसैबीच भारत सरकारले भेन्टिलेटर निर्यातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सहमति जनाउँदै भेन्टिलेटर निर्यातमा लागेको प्रतिबन्ध हटाउने निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस