• २०८१ जेष्ठ ३० गते बुधवार

कुटपिटबाट युवकको मृत्यु भएपछि १४ जना नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, रोल्पा । रुन्टिगढी गाउँपालिका वडा नं ६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्युपछि १४ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही ठाउँका २४ वर्षीय ईश्वर बस्नेतलाई छिमेकी गाउँका टेकबहादुर बुढालाई गोठबाट घर फर्कदै गर्दा शनिबार राति लुटेको आरोपमा कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए। अभियुक्त बस्नेतले रु पाँच हजार र घडी लुटेको स्थानीयवासी टेकबहादुर बस्नेतले बताए ।

इलाका प्रहरी कार्यालय होलेरीका अनुसार कुटपिटमै संलग्न बस्नेतलाई डव्रिङ स्वास्थ्यचौकीले सिफारिस गरेपछि थप उपचारका लागि लाने क्रममा शनिबार मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस