• २०८२ बैशाख १६ गते मङ्गलवार

पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण १८ , पर्सा । वीरगन्जमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।प्रयोगशालाले दिएको रिपोर्टअनुसार संक्रमितमध्ये ४३ जना वीरगञ्जका छन् । सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ । पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरि नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज ११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज १३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।अन्य संक्रमितको ट्रेसिङमा परेका वीरगञ्ज ११ श्रीपुरका ३६ वर्षका पुरुष र ४० वर्षीया दुई महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।वीरगञ्ज–४ विर्तास्थित कन्या माविबाट संकलन गरिएका स्वाब परीक्षण गर्दा १९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । मास टेष्टिङअन्तर्गत साउन १२ गते कन्या स्कुलमा १ सय ४९ जनाको स्वाब नमुना संकलन गरिएको थियो । संक्रमितहरु पाँच वर्षीया बालिकादेखि ६० वर्षका पुरुषसम्म रहेका छन् ।वीरगञ्ज ११ श्रीपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मगनुस फर्माका ५ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । औषधि फर्मामा काम गर्ने वीरगञ्ज ८ की ४१ वर्षीया महिला, वीरगञ्ज मनियारीका ३२ र वीरगञ्ज–४ भगवती टोलका ४६ वर्षीय पुरुष, ठोरी गाउँपालिका निर्मलबस्तीकी २६ र वीरगञ्ज ८ की ४१ वर्षीया महिलाहरुमा कोरोना पुष्टि भएको छ ।त्यस्तै पेड पीसीआर गराएका वीरगञ्ज ३ छपकैया र वीरगञ्ज ११ श्रीपुरका ५६ वर्षका दुई जना पुरुषमा पनि कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस