• २०८१ माघ ११ गते शुक्रवार

आवाजबिहीनहरुको आवाज

खिमराज गिरी पढ्न लाग्ने समय : ४ मिनेट

साउन १८,काठमाडौँ । गत साता समय करिब बिहानको सात बजेको थियो । घर कहाँ हजुरको भन्दा तराई बताउने एक बृद्द काठमान्डुको सामाखुशी नजिकै एक प्रतिक्षालयमा बसिरहेका थिए १ जब म त्यहा पुगें अनि उनको बारेमा केही सोध्न र बुझ्न मनलाग्यो । सिमसिमे पानी परिरहेको थियो, सबैजना आ आफ्नै गन्तव्य तय गर्दै थिए । सडकमा गाडी कमै मात्र गुढिरहेका थिए । कोरोनाको कारणले लकडाउनको समय भएर पनि होला हरेक अपरिचित मानिसहरु एकापसमा शंकाको दृष्टिकोणबाट हेर्नु अस्वभाविक पनि थिएन । यो मूख्य सडकछेउ नजिकै रहेको यात्रु प्रतिक्षालयमा पनि पानी चुहिरहेको थियो , उनी नजिकै एक लुगाको पोको थियो । उनी थर्थरी कामिरहेका थिए । सायद भोक, प्यास अनि रातको गन्तब्यको चिन्ता मनमा मडारिइरहेको हुनसक्छ । अनि सोधें हजुरको घर कहाँ हो रु उनले हातको इसाराले दक्षिणतर्फ देखाएर भने उतातिर अनि उनको बारेमा धेरै कुराहरु सोध्ने कोशिस गरें र कुरा बुझ्दै गर्दा उनी पहिला तराई मुलका धनाड्य परिवारका मानिस रहेछन ।

बाल्यकाल वुवा आमाको काखमा खाइखेली बित्यो , विवाह बन्धनमा बाधिएपस्चात पारिवारीक बोझ बढ्नु स्वभाविकै थियो । बिस्तारै दिनहरु बित्दै गए । छोरा छोरीहरु पनि ठूला भए । छिमेकी भन्दा केही रवाफिलो परिवार भएकोले पनि छोरा छोरीहरुको इच्छा आकाक्षानुसार चल्नैपर्ने बाध्यताले उनीहरुको रहनसहन र जीवन शैली अरुको भन्दा पृथक किसिमको हुदैगयो । लोकसेवाको हौवा पिटिएपनि जागिरमा भनसुन र प्रशस्तै नदी नालाको देस भनिएपनि खेतीमा मनसुनको भरपर्नुपर्ने देसमा रोजगारीको आश नै के हुन्थ्यो र जागिर पाउने । चार जना छोरा छोरीहरुले जागिर नपाएपछि भएको जमिन पनि बेचेर रिन तिर्ने र बिलासिताको जीवन जिउनथाले । तर बाबाको मन न हो जग्गा जमिन बेच्नुहुन्न आफै परिश्रम गरेर कमाएको फल मीठो हुन्छ त्यसैले केही उद्दमसिलतामा लाग भन्दा उल्टो छोरा छोरीहरुले अपहेलना गर्नथाले , तैपनि जीवन चल्दैरह्यो, केही समयपछि जीवन संगीनी गुमाए, झन जीवनमा एक्लो महशुस भयो उनलाई ।

बिहे गरेका छोरा छोरीको माया र रेखदेख त परै जावस उल्टो घरबाट खेद्नथाले ती बृद्द बाबालाई । जब आफ्नाले पनि बुढेसकालमा नहेर्ने भएपछि पराइको त झन के जिम्मेवारी हुन्थ्यो र सहानुभूतीबाहेक १ घरले जा जा , बनले आइज आइज भन्ने बेलामा बुढेसकालको सहारा नै नभएजस्तो गरि जिउन पर्ने बोझलाग्दो जिन्दगीको झन के आश १ अझ आगन नै परदेस हुने समयमा घर छोडेर हिड्दाको त्यो क्षण कस्तो भयो होला उनको मनमा रु जीवनका हरेक मोड र घुम्तीहरु पार गर्दै जादा कता गए , के खाए थाह नै भएन उनलाई १ कति दिनसम्म भोकै सडकको पेटि चाहार्दै हिड्ने क्रममा कयौ दिनदेखि यिनै प्रतिक्षालय छन उनका दुख सुखमा साथी १ पाए खान्छन नत्र भोको पेट र नांगो आङ १ यस्तै दर्दनाक भाव बुझ्दै जांदा बिगतदेखि बर्तमानको सरकारलाई सम्झिन मन लाग्यो ।

बिगतदेखि सरकारको नागरिकप्रतिको जिम्मेवारी हेर्ने हो भने त कयौपटक जनताले सत्तामा पुर्याउदा पनि उनीहरुको आश्वासन नै अब कसैले खाना नपाएर भोकै बस्नु पर्दैन, नाना नपाएर नाङ्गै बस्नु पर्दैन, समयमै उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन भनेर ठूला ठूला गफ दिने नेताहरु यस्ता असाह्य नागरिकको हेरबिचार गर्नु त कता कता उल्टो आफु र आफ्नैलाई सुबिधा हेरी आफू बिरामी हुदा सिङ्गापुर,अमेरिका, भारत लगायतका देशहरुमा गएर उपचार गर्ने अनि गरिव जनता उपचार नपाएर यसरी तड्पिनु पर्ने यो तीतो नमिठो वास्तविकताका पात्र थिए ती बृद्द ब्यक्ति र उनीजस्ता कयौं सहाराबिहीन बेसहाराहरु । अनि गरिव, दिनदुखी, पीडित बर्गहरुलाई शिक्षा, स्वास्थ्यमा विशेष जोड दिन्छौ भनेर चुनावमा मीठो भाषण गर्ने सरकार संचालनका राजनीतिक नेतृत्वहरु यहि एजेन्डामा चुनाव जितेर सत्तामा पुगे, पात्रहरु कयौ फेरिए तर प्रबृति उस्तै देखिँदा उनिहरुको जीवनशैली परिवर्तन भयो, उनिहरुका आफन्तले रोजगारी पाए, उनीहरुका छोराछोरी अमेरिका, युरोप, जापान तथा जर्मनमा पढिरहेका छन तर तिनै नेताहरुलाई भोट दिने कयौं जनताको हालत भने यस्तो छ । तिनै नेताहरुका लागि छातीमा गोलि थापिदिने जनता, देस र समाज परिवर्तनका निम्ति ज्यानको बाजि राखी रगत र पसिनाको खोलो बगाउने जनता, तिनै नेताहरुका खातिर पार्टीको झण्डा समाएर जिन्दावाद मुर्दाबाद भनिदिने जनताको जीवन शैली भने यस्तो हालतमा छ ।

अब त देसमा राजनैतिक स्थायित्व भयो र अबको संघर्ष भनेको आर्थिक र सामाजिक क्रान्तीको हो भनी जनताले जनताकै पीर मर्का बुझ्दै आएको पार्टी भनेर नेकपालाइ भारी मतले जिताए तर दुनियामा नभएको भांडभैलो प्रतिपक्षले सरकारसंग टकराव लिनुपर्ने ठांउमा यत्रो कोरोना र बाढी पहिरोको त्रासमा जनजीवन कष्टकर बनिराखेको संबेदनसिल अबस्थामा उल्टो आफ्नै पार्टीका जिम्मेवार नेता भने कुर्चीको सुकुटीमा सिँगौरी खेलेर गुट र उपगुटको बैठक बस्दै दिनचर्या बिताइराखेका छन बल्की गलत कामलाई सच्च्याएर अगाडि बढ्नुपर्नेमा न त काम गर्ने भिजन ल्याएका छन न त सरकारलाई काम गर्ने वातावरण सृजना गरेका छन १ त्यसैले त गरिब नेपालीको अझै गन्तब्यको टुङो लाग्न सकेको छैन न त ती आवाजबिहीनहरुको आवाजलाई सम्बोधन गर्ने वातावरण नै बनाउन सकिएको छ ।

प्रतिक्रिया दिनुहोस