• २०८१ जेष्ठ ७ गते सोमवार

बाँकेबाट किर्ते कागजात बनाएर बैंकको करोडौं पैसा निकाल्ने पक्राउ

सागर थापा / महेन्द्र सिंह पढ्न लाग्ने समय : २ मिनेट

असार १८, बाँके । बाँकेमा प्रहरीले राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवनचोक शाखाका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ । सरकारी छाप किर्ते र नक्कली कागजात पेश गरेर नेपालगञ्जका सुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढले राष्ट्रिय बाणिज्य बैकको, नेपालगञ्जको त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैया ऋण लिएको घटनामा बैंकका थप एक जना कर्मचारी पक्राउ परेका हुन् ।

बैंकका ऋण सिफारिस समितिका सदस्य रहेका कलबहादुर ओलीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले बताए । असार १२ गते नै बैंकका शाखा प्रवन्धक ललितबहादुर शाही पक्राउ परिसकेका छन् । सुनचाँदी व्यवसायी जसगढलाई प्रहरीले जेठ २७ गते नै पक्राउ गरेको थियो । प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जादा त्रिभुवनचोक शाखाका कर्मचारी तानिदै गएका छन् । सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि प्रहरीले बैंकिङ कसुरको अनुसन्धान गर्ने जनाएको छ । बैंकिङ कसुरको अनुसन्धान हुँदा बैंकका माथिल्लो तहका कर्मचारी पनि तानिन सक्ने प्रहरीको आकलन छ ।

सुनचाँदी व्यवसायी जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर एक करोड २५ लाख ऋण लिएका थिए । जसगढले २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख लिएको बाँके एसपी रानाले जानकारी दिए । एसपी ओम बहादुर राना आए देखि दुई नम्बरी गर्नेहरुको सातो गएको बाँकेका स्थानियहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस