• २०८१ चैत्र ३ गते सोमवार

मुगुमा एक जनामा आरडिटि रिपोट पोजेटिभ

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असार १८, मुगु । कर्णाली प्रदेशका जिल्लामध्ये कोरोना बाट शुन्य रहेको मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिकामा एक जनामा आरडिटि रिपोट् पोजेटिभ देखिएको छ । सोरुकोटमा रहेको क्यारेन्टटाईनमा रहेका १२ जनामध्ये एक जनामा सोरु गाँउपालिकाको स्वास्थ्यशाखाबाट परिक्षण गर्दा आरडिटि रिपोट पोजेटिभ देखिएको स्वास्थ्य शाखाले मुगुले जनाएको छ ।

आरडिटि पोजेटिभ देखीएको सोरु गाँउपालिका वडा नम्बर ३ बस्ने बर्ष १९ का एक युवकमा आरडिटि पोजेटीभ देखीएको हो । आरडिटी पोजेटिभ देखीएको ब्याक्ति रोजगारीको लागि भारत गएका हुन । भारत बाट घर आएका ब्याक्तिलाई क्यारेन्टटाईनमा राखीएको थियो ।

पोजेटिभ देखीएको युवालाई सोरुकोटमा रहेको क्वारेन्टटाईनमा छुट्टै एक कोठामा ब्याबस्था गरि राखीएको र केहीदिन भित्र पिसिआर परिक्षण गर्ने सोरु गाँउपालिका स्वास्थ्य शाखा प्रमुख कर्ण सावतले जानकारी दिए । बिगतका दिनमा सोरु गाँउपालिकाले स्वाव २ सय ८४ जनाको र आरडिटी ८४ जनाको परिक्षण गरिसकेको थियो । मुगु जिल्लाका रहेको एक नगरपालिका र तिन गाँउपालिकाले कोरोना संक्रमण रोकथामतथा नियन्त्रणको लागीभारत बाट आएका ६ सय ३४ जना र अन्य जिल्लाभित्र रहेको पत्रकार, स्वास्थ्यक्रर्मी, सुरक्षाकर्मि, जनप्रतिनिधी र स्थानियबासि गरी १३ सय ५२ जनाको पिसिआर र ९ सय ४५ जनाको आरडिटी परिक्षण गर्दा सबै जनाको नेगेटिभ आएको थियो । हिजो मात्र सोरु गाँउपालिकामाआरडिटी परिक्षण गर्दा १२ जनाको परिक्षण मध्ये एक जनाको पोजेटिभ देखीएको छ ।

पोजेटिभ देखीएको ब्याक्तिको स्वास्थ्यलाई मध्यनजर गदै थप स्वास्थ्यमाउपचार गर्न र पिसिआर चेक गर्ने गरि सोरु गाँउपालिका संग सहकार्य गरि अगाडी बढेको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डा. निर्मल नगरकोटिले बताए ।

प्रतिक्रिया दिनुहोस