असार १८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ३२ जनामा कोरोना संक्रमित थपिएका छन । थप संक्रमितमा ललितपुरका २, भक्तपुरका २ र काठमाडौं २८ सहित थप ३२ जना कोरोना संक्रमित थपिएका हुन ।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा जनाए अनुसार नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या १४ हजार ५१९ पुगेको छ।