• २०८१ जेष्ठ ११ गते शुक्रवार

कर्णालीमा थप ६ जना कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, सुर्खेत । कार्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्ज बाँके र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये सुर्खेतको वीरेन्द्रगर नगरपालिका वडा नं। ३, ४ र ८ का एक महिलासहित तीन जना, दैलेखको महाबु गाउँपालिका, कालीकोटको पलाँता गाउँपालिका र स्याङजाको वालिङ नगरपालिकाका एकरएक जना पुरुष रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस