• २०८१ जेष्ठ ६ गते आइतवार

गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, काठमाडौं । गण्डकी प्रदेशको स्वास्थ्य निदेशनालयका अनुसार गण्डकी प्रदेशमा १७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा भएको परीक्षणबाट बिहीबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितमध्ये ४ जना मध्यनेपाल २६ ४१ २७ ५० वर्षका पुरुष, सुन्दरबजारका ३६ ४८ र ६० वर्षका पुरुष र ३५ वर्षीया महिला, बेशीसहरका २४ २७ र ३४ वर्षका पुरुष, दोर्दीका २४ र २६ वर्षका पुरुष, दूधपोखरीका ५० वर्षीय पुरुष, मर्स्याङ्दीका ३९ वर्षीय पुरुष र राइनासका ४५ वर्षीय पुरुष र १ जना कास्कीको पोखरा महानगरपालिकाका ३३ वर्षीय पुरुष रहेका छन ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १०३१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस