• २०८१ असार ९ गते शनिवार

उपत्यकामा आज हुने कार्यक्रमहरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १८, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू निम्न अनुसार रहेको छ ।

१.नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको ९६ औं जन्म जयन्तीको अवसरमा बृहत् रक्तदान कार्यक्रम गर्ने ।
स्थान:-शान्तिवाटिका रत्नपार्क ।
समय:-८:०० बजे ।

२.गिरिजा प्रसाद फाउण्डेशन भक्तपुरले शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको ९६ औं जन्म जयन्तीको अवसरमा कार्यक्रम गर्ने ।
स्थानः-सुनपा ८,सिपाडोल,चन्द्रबिनायक गणेश मन्दिर प्राङ्गण ।
समय:-८:०० बजे ।

३.थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रिय सचिवालय समितीको बैठक बस्ने ।
स्थान:-थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रिय कार्यालय ज्वागल,ललितपुर ।
समय:-१०:०० बजे ।

४.नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक बस्ने ।
स्थान:-प्रधानमन्त्री निवास,बालुवाटार ।
समय:-११:०० बजे ।

५.संघीय संसद,प्रतिनिधि सभा,कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-११:०० बजे ।

६.संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने।
स्थान :- संसद भवन नयाँ बानेश्वर ।
समय -१३:०० बजे ।

७.नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पीडित विद्यार्थी राष्ट्रिय सम्पर्क कमिटीले रुकुम पश्चिम नरसंहार र देशभर दलित समुदाय माथि श्रृंखलावद्व रुपमा भएका हत्या तथा जातिय विभेदका विरुद्ध “जात व्यवस्था दलित मुद्दामा राष्ट्रिय मिडियाको दायित्व विषयमा सडक बहस कार्यक्रम गर्ने ।
स्थान -त्रिभुवन विश्वविद्यालय,किर्तिपुर ।
समय – १६:०० बजे ।

८.स्वतन्त्र युवाहरूले कोभिड १९ को सबल व्यवस्थापन र नागरिहरूको जिवन रक्षाको माग गर्दै सत्याग्रह बसेको युवाहरूको समर्थनमा समाजिक दुरी कायम गरि शान्तिपुर्ण प्रदर्शन गर्ने ।
स्थान:-पाटन दरवार स्क्वायर ललितपुर ।
समय:-१७:०० बजे देखि १९:०० बजे सम्म ।

९.राष्ट्रीय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले सत्याग्रहमा बसेको युवाहरूको समर्थनमा हराएको सरकारलाई मैनबत्ती र दियो वालि खोजि गरि सरकारको ध्यानाकर्षण गराउने ।
स्थान:-वसन्तपुर डवली ।
समय:-१७:३० बजौ देखि १८:३० बजे सम्म ।

१०.यातायात मजदुर तथा ट्याक्सी व्यवसायीहरुले लकडाउनका कारण ट्याक्सी चलाउन नपाउदा परिवार पाल्न गारो भएको, बैंकको ऋण तिर्न नसक्ने दैनिक गुजारा गर्न गाह्रो भएको भनी ट्याक्सी संचालन गर्न पाउ भन्दै रिले अनसन बस्ने ।
स्थान:-मिनभवन स्थित यातायात व्यवस्था बिभाग अगाडि ।
समय:-नखुलेको ।

११.निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा सबै प्रदेश र जिल्लाहरूमा विभागिय कार्यसमितिबाट ज्ञापन पत्र बुझाउने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

१२.मिति २०७७/०३/१२ गते १३:५० बजे देखि पाटन स्थित कृष्ण मन्दिरको अपोजिटमा covid 19 Enough is Enough group का प्रमुख अभियान्ता इसान अधिकारी (ई) कोभिड १९ को सबल व्यवस्थापनको मागगर्दै सत्याग्रह बसेको ।

१३.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान : देशभर ।
समय : नखुलेको ।

प्रतिक्रिया दिनुहोस