• २०८१ जेष्ठ १४ गते सोमवार

आजको मौसम : केही स्थानहरुमा मेघगर्जन, चट्याङ सहित वर्षाको संभावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ जसका कारण हाल देशभर अधिकांश स्थानमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको छ।

महाशाखाले विहिवार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, गण्डकी प्रदेश, प्रदेश छ का एक दुइ स्थानमा मेघगर्जनरचट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेकोले ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस