• २०८२ जेष्ठ २ गते बिहिवार

प्यूठानका स्थानिय तहलाई उद्योग बाणिज्य सघंले आर्थिक सहयोग गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, प्युठान। प्यूठान उद्योग बाणिज्य सघंले जिल्लाका सबै स्थानिय तहलाई आर्थिक सहायता प्रदान गर्ने भएको छ। प्युठानको बाग्दुलामा आज मंगलबार बसेको संघको सचिबालय बैठकले जिल्लाका नौ वटै स्थानिय तहलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो।

संघका अध्यक्ष केदारमान कक्षपतीले कोरोना संकटको मिलेर सामना गर्ने योजना अनुसार जिल्लाका दुई वटा नगरपालिकालाई ३५ / ३५ हजार र सात वटा गाउपालिकालाई क्रमश : २५ हजारका दरले सहयोग गर्ने निर्णय भएकाे जानकारी दिए ।

उनका अनुसार बैठकले ब्यबसायीहरुमा लगडाउनका कारण पर्न गएको समस्याको बारेमा जिल्ला प्रशासन कार्यालय प्युठानसगं समन्वय गरि समस्याको समाधान खाेज्न छलफल गर्ने र आज आन्तरिक राजस्व विभागकाे कर विवरण तथा कर बुझाउने सम्बन्धि सुचना जारि भएपनि यस संकटकाे घडिमा ब्याबसायीले कर बुझाउन नसक्ने भएकाेले म्याद थप गर्ने ध्यानाकर्षण गर्ने निर्णय समेत गरेकाे छ ।

संघले जिल्लाका विभिन्न स्थानमा यात्रुहरुलाई खाजा खुवाउने कार्यक्रम यही जेष्ठ मसान्तसम्म मात्र रहने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस