जेठ २०, नवलपरासी । रुकुममा अन्तरजातीय विवाह गर्न खोज्दा युवालाई हत्या गर्ने दोषीमाथि कारवाहीको माग गर्दै आज सुनवल ५ वनकटीमा नेपाल दलित एकता उत्थान समाजद्धारा बिरोध कार्यक्रम गरिएको छ ।
जेठ १० गते रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाका दोषीलाई कारवाहीको माग गरिएको थियो । नेपाल दलित एकता उत्थान समाज सुनवल ५का अध्यक्ष पुर्ण बहादुर बिश्वकर्मा को अध्यक्षतमा संवैधानिक रुपमा बर्जित भईसकेको जातीय विभेदजन्य सामाजिक अपराधलाई प्रश्रय दिदै आजको एउटा केटा र केटीबीच एक आपसमा लामो समयदेखि प्रेम सम्बन्ध कायम गरी विवाह गर्ने सहमति अनुसार अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा दलित भएकै कारणले ज्यानै गुमाउने गरी घटना घट्नु अत्यन्तै निन्दनीय भएको उल्लेख गर्दै नेपालको संविधान र विद्यमान कानुन वमोजिम घटनामा संलग्नहरुलाई हदै सम्मको कार्रवाही गरी पीडित परिवारलाई न्याय, क्षतिपूर्ति र सुरक्षाको व्यवस्थागर्न माग गरेका छन् ।
घटनामा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धान्जली, घाईतेहरुको शीघ्र स्वस्थ्य लाभको कामना र पीडित परिवारजनमा समवेदना ब्यक्त गर्दै अध्यक्ष बिश्वकर्माले उक्त हत्याकाण्डको निष्पक्ष छानबीन गरी दाषीमाथि कडा कारवाही गर्न र बेपत्ताहरुको अबिलम्ब खोजी गरी स्थिति सार्वजनिक गर्न माग गरिएको छ ।
जाजरकोट जिल्ला भेरी नगरपालिका वडा न. ४ रानागाउँका नवराज वि.क. र पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नंं.८ सोती निवासी सुष्मा मल्ल बीच लामो समयदेखि रहेको प्रेम सम्बन्धलाई अन्तरजातीय विवाह गर्न भनि प्रेमिकाको अनुरोधमा उनकोे घरमा जाँदा नीजको परिवार, उनका नजिकका नातेदार र जनप्रतिनीधि सोही वडाका अध्यक्ष डम्बर वहादुर मल्ल लगायत गाउँलेहरुले गरेको सांघातिक हमलाको घटनाले सिङ्गो दलित समुदायलाई आक्रोशित र मर्माहत बनाउनुका साथै घटनाले जातिय भेदभाव, मानवअधिकार, नेपालको संविधान, कानुन र लोकतन्त्र कै उपहास गरेको नेपाल दलित एकता उत्थान समाजले ठहर गरकेो छ ।
कार्यक्रममा दलित समुदाय माथि गरिने जुनसुकै विभेद, अपमान, दमन, शोषण उत्पीडन सम्पूर्ण दलित समुदाय माथिको प्रहार भएको उल्लेख गर्दै यो समस्या सिंगो मुलुकको समस्या र मानवजातिको समस्या भएको उल्लेख गरिएको छ ।